पेटभित्र लुकाएको ७ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरमा युवक पक्राउ
कञ्चनपुरमा ७ ग्राम लागूऔषध खैरो हेराइनसहित एक युवकलाई पक्राउ गरिएको छ । भारतबाट नेपालतर्फ पेटभित्र लुकाएर ल्याइरहेको अवस्थामा बझाङको जयपृथ्वी नगरपालिका–३ का २७ वर्षीय कमल विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट नियन्त्रणमा लिइएको हो । उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले […]