My BlogMy WordPress Blog

Category: Society

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

August 8, 2026

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक, रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक र […]

सम्पत्ति शुद्धीकरणको मुद्दामा चक्रे मिलनलाई सफाइ

August 7, 2026

गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाई पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतको सफाइको फैसलालाई ८ वर्षपछि सदर गरेको हो । विशेष अदालतको फैसला बदरको माग गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन गरेको थियो । गुरुङले करिब ८ करोड […]

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य

August 7, 2026

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ । विभागले सूचनामार्फत राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा […]

आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

August 3, 2026

चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै, बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार […]

चामल र खानेतेलको मूल्य बढ्यो, उपभोक्तामाथि थप भार

August 3, 2026

पछिल्लो तीन महिनामा चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेपछि उपभोक्ताको दैनिक खर्च बढेको छ । व्यवसायीका अनुसार चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म र प्रतिबोरा ३५० देखि ४०० रुपैयाँसम्म वृद्धि भएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार स्टिम जिरा मसिना चामल प्रतिकेजी ८० रुपैयाँबाट १०० रुपैयाँ, पोखरेली चामल ९५ रुपैयाँबाट १२० रुपैयाँ र लङ्ग्रेन […]

पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

July 28, 2026

लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्काउँदा पुरिएर बुबा र छोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे दुई बजेको समयमा चितिखोलाबाट भाटवेशी ल्याएको कुलो भत्किएर स्थानीय बिष्णुदत्त सुवेदीको ढुंगा माटोले बनेको दुई तले कच्ची धन्सारमा क्षति पुगेको हो । मृत्यु हुनेमा ५१ वर्षीय टिकाबहादुर बिक र उनकी कान्छी छोरी १५ वर्षीया बिनिता […]

लघुवित्त पीडितको काठमाडौं केन्द्रित प्रदर्शन, माग पूरा नभएसम्म आन्दोलन नरोक्ने

July 27, 2026

आफूहरूले लिएको लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, चर्को ब्याज र जरिवाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंमा आन्दोलनमा […]

बालेन बसेको लटौली रिसोर्टको सूचना चुहाएको भन्दै विवाद, ४ कर्मचारी हटे

July 19, 2026

चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनका बेला प्रधानमन्त्री बालेन शाह बसेको लटौली सेन्चुरी रिसोर्टका सञ्चालक र उच्च तहका कर्मचारीबीच सूचना चुहाएको विषयका विवाद भएको छ । यही विवादका कारण चार कर्मचारी हटेका छन् । चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा रहेको रिसोर्ट सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका पाहुना र रिसोर्टका सूचना चुहाएको आरोप उच्च तहका कर्मचारीहरुलाई लगाएपछि विवाद […]

अनुदान माग्दै काठमाडौं पुगे कैलाली–बर्दियाका उखु किसान, मन्त्रीसँगको भेटपछि माग सम्बोधन गर्ने सरकारको आश्वासन

July 6, 2026

सरकारले उपलब्ध गराउदै आएको उखु उत्पादनको अनुदान रकम नपाएको भन्दै कैलाली र बर्दियाका उखु किसानहरू काठमाडौं पुगेका छन् । किसानहरूको एक प्रतिनिधिमण्डलले सोमबार कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी आफूहरूले भोगिरहेका समस्या, अनुदान वितरणमा भएको ढिलाइ तथा उखु खेतीको भविष्यबारे गम्भीर बन्न आग्रह गरेको छ । भेटमा किसानहरूले सरकारले घोषणा गरेको उत्पादनमा […]

बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

June 24, 2026

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार १० गते । बुधबार । इस्वी सन् २०२६ जुन २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । जेठ शुक्लपक्ष । तिथि–दशमी, बेलुकी ८ बजेर २७ मिनेट उप्रान्त एकादशी । नक्षत्र– चित्रा, बेलुकी ४ बजेर ५३ मिनेट उप्रान्त स्वाती । योग– […]

Older →