My BlogMy WordPress Blog

Category: Politics

खगेन्द्र सुनारका गतिविधिप्रति सभामुखको ध्यानाकर्षण, लेखा समितिका सभापतिलाई बोलाए

August 13, 2026

सभामुख डोलप्रसाद अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारको बुधबार सार्वजनिक लेखा समितिको प्रस्तुति अशोभनीय भएको बताएका छन् । स्वतन्त्र नागरिक समाजका संयोजक ऋषि धमलासहितको प्रतिनिधि मण्डलसँग कुरा गर्दै सभामुख अर्यालले यस विषयमा आफूले समितिका सभापति भरतबहादुर खड्कालाई पनि बोलाएर ध्यानकर्षण गराएको बताए । आफूले संसदीय समितिमा सांसदहरुका अमर्यादित गतिविधिबारे ध्यानाकर्षण गराएपछि सभामुखले सांसदले संसदीय समितिमा बोल्दा […]

शेरबहादुर देउवालाई यी तीन स्थानमा गरिँदैछ स्वागत

August 13, 2026

लामो समयपछि विदेशबाट स्वदेश फर्किन लागेका नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई तीन स्थानमा स्वागत गर्ने तयारी गरिएको छ । इतर समूहले देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा स्वागत गर्न लागेका हुन् । यी तीन स्थानमा कार्यकर्ता जम्मा भएका छन् । […]

कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै

August 13, 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज ९बिहीबार० स्वदेश फर्किंदैछन् । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परेर घाइते भएका देउवा उपचारपछि आज हङकङबाट नेपाल फर्कन लागेका हुन् । देउवा बिहीबार दिउँसो १२ः३० बजे काठमाडौं आइपुग्ने भएका हुन् । देउवा उपचारका लागि लामो समय सिंगापुर र हङकङमा बसेका थिए । पछिल्लो समय उनी हङकङमा रहेर […]

सात संसदीय समितिको बैठक बस्दै

August 12, 2026

आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान ११ः०० बजे […]

समृद्ध नेपाल नै नेपालीको सुखको आधार : अध्यक्ष ओली

August 9, 2026

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानको संरक्षण गर्दै नेपालको विविधतालाई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् । आज ३२ औं विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायमा शुभकामना व्यक्त गरेका हुन् […]

आजबाट कांग्रेस केन्द्रीय समिति बैठक, संगठनदेखि समसामयिक राजनीतिसम्म छलफल

August 9, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज (आइतबार)बाट सुरू हुँदैछ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ । बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकन गर्न निस्सा दिएको केही दिन […]

होलिडे रातमा रास्वपा सांसद पाण्डेको स्टाटस– नाङ्गै जल्ने छु

August 9, 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले सामाजिक सञ्जालमा ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ भन्दै स्टाटस लेखेका छन् । काठमाडौं–३ बाट निर्वाचित सांसद पाण्डेले शनिबार राति उक्त छोटो स्टाटस लेखेका हुन् । उनले उक्त स्टाटसको सन्दर्भ भने खुलाएका छैनन् । उनको पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपयले पाण्डेको अभिव्यक्तिलाई […]

देउवाको स्वदेश फर्किने मिति परिवर्तन, कहिले फर्कन्छन् ?

August 8, 2026

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । देउवा साउन २८ गते मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने तय भएको नेता डा। प्रकाशशरण महत जानकारी दिए । यसअघि देउवा २६ साउन राति ९ः४५ बजे स्वदेश फर्किने जानकारी गराइएको थियो । राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने […]

ग्यास अभावपछि उद्योगमन्त्री यादव अनुगमनमा

August 8, 2026

बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सरकारको चर्को आलोचना बढिरहेको बेला उद्योगमन्त्री गौरीकुमारी यादव अनुगमनमा निस्किएकी छन् । मन्त्री यादवले शनिबार बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् । उपभोक्ताले ग्यास सहज रूपमा नपाएको र अभाव बढ्दै गएको गुनासो तीव्र बनेपछि मन्त्री यादवले ग्यास उद्योगको अनुगमन गरेकी हुन् । मन्त्री यादवले टेकुस्थित नेपाल आयल निगमको […]

देउवाको स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेताकार्यकर्तालाई महतको आह्वान

August 8, 2026

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा विमानस्थलमा उपस्थित भएर स्वागत गर्न नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । शनिबार काठमाडौंको बसुन्धारामा आयोजित नुवाकोट–१ का अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै महतले देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता–कार्यकर्ताको उपस्थितिका लागि आग्रह गरेका हुन् । महतका अनुसार देउवा २६ गते राति […]

Older →