शेरबहादुर देउवाका भतिजाद्वय भानु र प्रकाशमाथि अख्तियारको अनुसन्धान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा भानु देउवा र प्रकाशबहादुर देउवामाथि अनुसन्धान थालेको छ । भानु पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव हुन् भने प्रकाश पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन् । अख्तियारले भानुको सम्पत्ति विवरण माग गर्दै विभिन्न सरकारी निकायमा पत्राचार गरिसकेको छ । सम्पत्ति विवरण संकलनपछि उनीहरूलाई सम्पत्तिसम्बन्धी फारम […]